५ कार्तिक २०८३, बिहिबार

थप ४३१ जना संक्रमित कोरोनामुक्त, ७० मात्रै थपिए, निको हुने करिब साढे ८ हजार

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ असार । नेपालमा कोरोनाभाइरस संक्रमणको दर घट्दो क्रममा आउन थालेको छ ।

पछिल्लो २४ घण्टामा थप ७० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

गत २४ घण्टामा ३ हजार ६ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जनाए । यससँगै कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४ सय ३१ जना डिस्चार्ज भएका छन् । यससँगै निको हुनेको संख्या ८ हजार ४४२ पुगेको छ ।