
काठमडौँ, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोले अझै २ महिना प्रभावित पार्न सक्ने भन्दै पूर्व तयारी गर्न निर्देशन दिएका छन् ।
शनिबार बसेको विपत व्यवस्थापन परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले राहत तथा उद्दार सामाग्रीहरु जिल्ला र स्थानीय तहसम्म लगेर राख्न पनि निर्देशन दिएका छन् ।
म्याग्दीमा मौसमको कारणले शुक्रबार हेलिकप्टर पठाउन नसकिएको जनाउँदै प्रधानमन्त्री ओलीले पूर्व तयारी गरे पनि कहिलेकाहीँ यस्तो अवस्था आउने जनाए ।
बैठकले बाढी तथा पहिरोबाट विस्थापितहरुलाई उद्दार गरेर सार्वजनिक भवन र विद्यालयहरुमा नै राख्ने निर्णय गरेको छ ।
हालसम्मको तथ्यांकले ८ जिल्ला बाढीपहिरोबाट प्रभावित देखिएको छ ।















प्रतिक्रिया