शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नेपालबारे विष बमन गर्ने भारतीय च्यानल ‘जी न्युज’ सम्पादक चौधरीबारे ‘डिएनए’ !

दैनिक नेपाल २०७७ असार २७ गते १४:१९

काठमाडौं, २७ असार । नेपालको आन्तरिक मामलामा नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग अप्रासंगिक विषयमा जोडी विष बमन गर्ने भारतीय समाचार च्यानल जी न्युजका सम्पादक सुधीर चौधरी फेक समाचारका निर्माता रहेका विवरण प्राप्त भएका छन् ।

जी न्युजमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टी सरकारलाई खुलेर समर्थन गर्ने चौधरीलाई भारतीय कांग्रेसको सरकारका पालामा व्यापारिक समूहसँग सय करोड भन्दा बढीको बार्गेनिङ गरेको भनी पक्राउ गरिएको थियो ।

यसका अलावा समाचार निर्माण र प्रस्तुतीका क्रममा नै उनले कतिपय फेक न्युज बनाएकोलगायतका विषयमा भारतमै उजुरी परेका थिए । चौधरीले जी न्युजमा ‘डेली न्युज एनालाइसीस (डिएनए)’ प्रस्तुत गर्छन् । सो क्रममा उनले नेपालमा भारतीय न्युज च्यानल बन्द गर्ने केबल एशोसिएशनको निर्णयलाई ओली सरकारको बताएका थिए ।

योसँगै भारतीय पत्रकारसँग नेपाल सरकार डराएको र सेनाकै सवाल आउँदा के सामना गर्न सक्थ्यो भनी धम्कीपूर्ण विश्लेषण प्रस्तुत गरेका थिए । उनले गरेका कतिपय विवादीत ट्वीट हटाइसकेका छन् ।

पत्रकारिताका दौरान चौधरीमाथि पित पत्रकारिता गरेको भनी लगाइएको आपराधिक अभियोगका केही विवरण फेला परेका छन् । विवादीत रिपोर्ट ल्यान्ड जिहाद शीर्षकमा चौधरीले गलत तथ्य राखी रिपोर्ट पेश गरेपछि केरलाका एक वकिलले प्रहरीमा उजुरी हालेका थिए ।

सत्ता र शक्तिको आडमा सम्पादक चौधरीले गलत हिसाबले समाचार र विश्लेषण प्रस्तुत गर्दै आएका थिए । एक महिलाका विषयमा केही बर्षअघि गरेको गलत समाचार सम्प्रेषणका कारण परेको उजुरीमा तिहाड जेलमा समेत बसेर आएका चौधरीले नेपाल, नेपालका प्रधानमन्त्री र नेपालका लागि चिनियाँ राजदूतबारे अफवाह फैलाउनेसहित उत्तेजित पार्ने काम गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित