
काठमाडौँ, २७ असार । नेपाली कांग्रेसका नेता गगन थापाले सार्वजनिक यातायात सञ्चालन गर्ने कुरामा सरकारले व्यवसायीहरुसँग छलफल गर्नुपर्ने बताएका छन् ।
थापाले सामाजिक सञ्जालमार्फत सवारी चलाउने घोषणा गर्नुभन्दा अघि यातायात व्यवसायी र मजदुरलगायतसँग छलफल गर्न सरकारलाई आग्रह गरेका छन् ।
सरकारले जिल्लाभित्र यात्रुबहाक सवारी साधन सञ्चालन गर्न पाइने बताए पनि यातायात व्यवसायीले तत्काल सवारी साधन चलाउन नसकिने बताएका छन् ।
‘सार्वजनिक यातायात चलाउने घोषणा गर्नुभन्दा यसका सञ्चालक, मजदुर, स्वास्थ्य विज्ञ र सरोकारवालासँग सामुहिक छलफल गरी व्यवसायीहरू बाँच्न सक्ने, मजदुरले काम गर्न सक्ने र उपभोक्ता मारमा नगर्ने, स्वास्थ्य सुरक्षाका दृष्टिले यात्राको जोखिम सकेसम्म कम गर्ने गरी समाधान खोज्नुस्,’ थापाले प्रधानमन्त्रीलाई भनेका छन् ।















प्रतिक्रिया