७ मंसिर २०८३, सोमबार

सिनामंगल केएमसीमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा मृत्यु भएका ५४ बर्षिय पुरुषमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

मिर्गौलाका विरामी रहेका उनको मृत्युपछि कोरोना जाँच गर्दा संक्रमण पोजेटिभ आएको बताइएको छ । गत बिहीबार मृत्यु भएपछि उनको स्वाब परीक्षण गर्न पठाइएकोमा शुक्रबार बेलुका नतिजा आएको थियो ।

१९ असारमा अस्पताल भर्ना भएका पुरुषको शव शनिबार नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ । मृतकको ठेगाना काठमाडौं लेखिएको पाइएको छ। कोरोनाकै कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।