शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

देशका विभिन्न ठाउँमा आज पनि भारी वर्षा, सतर्क रहन अपील

दैनिक नेपाल २०७७ असार २७ गते ७:२०

काठमाडाैं, २७ असार । देशका विभिन्न ठाउँमा आज पनि वर्षा भइरहेकाे छ ।

प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा वर्षाा भइरहेकाे हाे । कर्णाली प्रदेशको केही ठाउँ र प्रदेश १ र २ को तराई भूभागमा पनि वर्षा भइरहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश ५ को पश्चिम राप्तीमा वर्षा भएसँगै बाढी आउने सम्भावना रहेको महाशाखाले जनाएकाे छ । बागमती नदीमा पनि पानीको सतह बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो देशका केही भू-भागमा भने भारी वर्षा हुने महाशाखाकाे अनुमान छ ।

मनसुन पश्चिमी भेगमा आइतबारसम्म र मध्य तथा पूर्वी क्षेत्रमा भने अझै ३ देखि ४ दिनसम्म सक्रिय रहनेछ ।

प्रतिक्रिया
सम्बन्धित