शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

त्रिविकाे दुई हप्ते क्वारेन्टाइनवाला सूचनाले विद्यार्थीलाई तनाब

दैनिक नेपाल २०७७ असार २७ गते ६:५३

काठमाडौं, २७ असार । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तीन दिन अगाडि सूचना निकालेर दुई हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा सहभागी हुन निर्देशन दिइएकाे छ ।

संस्थान परीक्षा नियन्त्रण महाशाखाले २५ असारमा सूचना जारी गरेको छ । परीक्षा २९ असारदेखि तोकिएको छ ।

सूचनामा भनिएको छ, ‘उपत्यका प्रवेश गरीसकेपछि अनिवार्य रुपमा घरमा वा चिकित्साशास्त्र अध्ययन संस्थानले व्यवस्था गरेको होटेलमा बस्नुपर्नेछ । परीक्षा हुनुभन्दा एक हप्ता भित्र अनिवार्य पिसीआर जाँच गराएको हुनुपर्छ ।’

काठमाडौं उपत्यका प्रवेश गर्न र पिजी अन्तिम वर्षको परीक्षामा सम्मिलित हुने विद्यार्थीलाई परीक्षा सुरु हुनुभन्दा तीन दिनअघि निर्देशन दिएपछि परीक्षामा संलग्न हुनुपर्ने विद्यार्थी अलमलमा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित