५ कार्तिक २०८३, बिहिबार

नेपालबारे अनर्गल प्रचार गर्ने भारतीय च्यानल बन्द गरेकोमा सरकारले दियो धन्यवाद

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय समाचार टेलिभिजन च्यानललाई नेपालमा प्रसारण रोक्ने निर्णय गरेको प्रति धन्यवाद दिएको छ ।

मन्त्रालयले एक विज्ञप्तिमार्फत सरकारलाई सहयोग गरेको भन्दै डिजिटल केबल सेवाप्रदायकहरूलाई धन्यवाद दिएको हा् ।

केही भारतीय च्यानलहरुले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग जोडेर भ्रामक र कपोकल्पित रिपोर्ट प्रसारण गरेकाले गर्दा शुक्रबार च्यानल बन्द गरिएको हो ।

संचार मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले विज्ञप्ति जारी गर्दै धन्यवाद दिएका हुन् । ’नेपालका मर्यादित संस्था र नेतृत्वलाई लान्छना गरी अनर्गल सामग्री प्रशारण गर्ने कतिपय भारतीय संचारमाध्यमहरूको प्रशारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केलब सेवाप्रदायकहरूले जिम्मेवारी बोधका साथ स्वतस्फूर्त रूपमा प्रशारण रोकेकोमा मन्त्रालय धन्यवाद व्यक्त गर्दछ । आगामी दिनमा समेत सरोकारवालाहरूबाट प्रचलित कानुन तथा आचारसंहिता परिपालना गर्ने गराउने सन्दर्भमा निरन्तर सहयोग प्राप्त हुनेमा मन्त्रालय विश्वास व्यक्त गर्दछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भारतीय संचारमाध्यमले प्रधानमन्त्री ओलीका बारेमा प्रशारण र प्रकाशन भएका भारतीय संचारमाध्यमका सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।