मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

एनसेलले सुरु गर्‍यो वायरफ्रीप्लस वाइफाइको प्रि–बुकिङ

दैनिक नेपाल २०७७ असार २६ गते २०:१२

काठमाडौँ, २६ असार । नेपालका उपभोक्ताहरुले अब चाँडै नै आकर्षक बन्डल सेवा सहित बिना कुनै झन्झट गुणस्तरीय वायरलेस इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको अनुभव गर्न सक्नेछन् ।

एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत वायरफ्रीप्लस वाइफाइ सेवाको लागि बुकिङ सुरु गरेको घोषणा गरेको छ ।

एनसेलले नेपालमा पहिलो पटक नवीन प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुवै प्रयोजनका लागि उपयुक्त हुने गुणस्तरिय र भरपर्दो वायरफ्रीप्लस वाइफाइ सेवा ल्याउन लागेको छ । यो सेवा लिनको लागि इच्छुक ग्राहकले प्रभु पे, प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरमा गई बुकिङ गर्न सक्छन् ।

वायरफ्रीप्लस वाइफाइ सेवाको प्रमुख विषेशता भनेको विभिन्न सेवाहरुको आकर्षक बन्डलिङ हो । बन्डलिङ सेवा अन्तर्गत ग्राहकले २ वटा सिमकार्ड, प्रत्येक सिममा ५ जिबी डेटा, एनसेल नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामाम्युजिक, दामी म्युजिक लगायतका डिजिटल कन्टेन्टहरुको फाइदा लिन सक्नेछन् ।

कम्पनीले गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समुहमा वायरलेस वाइफाइ डिभाइस, सिम कार्ड र ठुलो डेटा भोलुमसँगको बन्डलिङ सहितप्रि बुकिङ्ग लिदैछ ।

ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि समुहअन्तर्गत ३० दिन, ९० दिन, २१० दिनवा ४२० दिनको प्याकेजहरु लिन सक्छन् । प्याकेजको शुल्क ३० दिनका लागि मान्य हुने रु ७९९ (कर बाहेक) बाट सुरु हुन्छ ।

प्याकेजको समय सिमाअनुसार ग्राहकले एक पटक मात्र तिर्नपर्ने ग्राहकशुल्क रु ५००, रु २,५०० वा रु ३,५०० तिर्नु पर्दछ । ४२० दिनको समय सिमा रहेको प्याकेजको हकमाग्राहकले यो शुल्कछुट गरिएको छ ।

ग्राहकले लिने प्याकेज अनुसार यीप्याकेजहरु अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधि भित्र प्रयोग गरि नसकेको वाबाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन ।

वायरफ्रीप्लस वाइफाइ सेवाको बारेमा उत्साहित हुँदै एनसेलका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, “आफ्ना ग्राहकलाई आवश्यकताअनुसार उत्कृष्ट सेवा र सुविधा प्रदान गर्दै सदैव सन्तुष्ट राख्नु हाम्रो उदेश्य रहदै आएको छ । हामीले प्रदान गर्ने कनेक्टिभिटी सोलुसन्स्मार्फत ग्राहकले सेवाको राम्रो अनुभव गर्न पाउन भन्ने हामी सुनिश्चित गर्न चाहन्छौँ । यस वायरफ्रीप्लस वाइफाइले ग्राहकलाई वायरलेस डेटा कनेक्टिभिटीको नयाँ अनुभव गराउने छ । हामीलाई विश्वास छ यो सेवाले धेरै भन्दा धेरै मानिसलाई इन्टरनेटमा पहँुच प्रदान गरी उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्ने छ ।”

सुरुको चरणमा सुदूर पश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरा देखि पुर्वको मोरङ, सुनसरी र धनकुटा सम्म देशका विभिन्न ४० भन्दा बढि जिल्लामा यो सेवा उपलब्ध हुनेछ ।

विशेष योजना अन्तर्गत ये प्रि–बुकिङ सिमीत अवधिको लागि मात्र ल्याइएको हो । हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवाले ग्राहकलाई इन्टरनेट सेवाको नयाँ अनुभव प्रदान गर्नेछ ।

आफ्नो नयाँ थिम‘प्लस’अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’अफर ल्याइसकेको छ । ‘प्लस’थिमले नवीन र विशेष सेवाहरुको साथग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ ।

व्यावसायिक उडान सुचारु भए एनसेलले श्रावणको तेस्रोे हप्ताबाट यो सेवा सुचारु गर्नेछ । यो सेवा सम्बन्धि थप जानकारीको लागि एनसेलका ग्राहकले आफ्नो कल सेन्टर नम्बर ९००८ मा डायल गरी जानकारी लिन सक्नेछन् भने अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी आवश्यक जानकारी लिन सक्नेछन् ।

साथै एनसेलको वायरफ्रीप्लस वाइफाइ पेज https://www.ncell.axiata.com/wirefreeplus मा गई विस्तृत जानकारी लिनुका साथै बुकिङ गर्न सकिन्छ

प्रतिक्रिया
सम्बन्धित