बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

रक्तदान अहिलेको आवश्यकता : लायन्स क्लबद्वारा रक्तदान कार्यक्रम आयोजना

दैनिक नेपाल २०७७ असार २६ गते १९:५४

काठमाडौँ, २६ असार । लायन्स क्लबले यहीशुक्रबार आषाढ २६ को दिन काठमाडौँको न्यू रोडस्थित ताम्राकार कम्प्लेक्समा एक बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बिहान १० बजेबाट सुरु भएको उक्त कार्यक्रम दिउँसो ४ बजेसम्म सम्पन्न भएको थियो । उत्साहजनक सहभागिता रहेको सो कार्यक्रममा कुल ५१ पिन्ट रगत संकलन भएको थियो जसमा ४० पुरुष र ११ महिलाले रक्तदान गरेका थिए ।

देश कोरोना भाइरसको महामारीसँग जुझिरहेको बेला थप एक संकट आइपरेको छ: रगतको अभाव । कोरानाकै त्रासको कारण अस्पतालहरुमा रगतको अभाव हुन थालेको छ ।

कोरोभाइरसको सुरक्षाको निम्ति सरकारले सुरु गरेको लकडाउन पश्चात् सम्पूर्ण रक्तदान कार्यक्रमहरु स्थगित छन् । रक्तदानगर्न इच्छुक व्यक्तिहरु पनि यस भाइरसको जोखिमले त्रसित छन् ।

यसैबीच रगतको अभावको समाधान खोज्ने दृष्टिकोणले लायन्स क्लबले संक्रमणको जोखिमलाई विशेष ध्यान दिई सुरक्षित तरिकाले यस रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

लायन्स क्लबले यस रक्तदान कार्यक्रमको आयोजनाबाटै मानिसहरुमा रहेको रक्तदान प्रतिको गलत विचार तथा भ्रम हटाई नयाँ रक्तदाताहरुलाई प्रोत्साहित गर्न प्रयास गरेको देखिन्छ । मानिसहरूमा अझ पनि रक्तदानबारे जोडिएका अन्धविश्वास छन् जसका कारण उनीहरू खुलेरै रक्तदान गर्न हिच्किचाउँछन् ।

एक सर्वेक्षणअनुसार शाकाहारी मानिसले रक्तदान गर्नु हुँदैन भन्ने भ्रम पाइएको छ । ट्याटु र अंग छेड्नेहरुले रक्तदान गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि रहेको पाइन्छ ? त्यसैगरी रक्तदान गरेपछि शरीरको रगत सकिन्छ आदि लगायतका गलत विश्वास पनि मानिसहरुमा रहेको पाइन्छ ।

वास्तवमा यी सबै निराधार हुन् । मानिसले बुझ्नु पर्ने कुरा के भने यदि तपाईँ पूर्ण रुपमा स्वस्थ हुनुहुन्छ, शरीरको तौल कम्तिमा ४५ किलो वा माथि छ र तपाईँको उमेर १८ वर्ष नाघिसकेको छ साथै एचआईभी जस्ता जटिल रोगहरुको इतिहास छैन भने तपाईँ निर्धक्क भएर रक्तदान गर्न सक्नुहुन्छ ।

लायन्स क्लबले कार्यक्रमको अन्त्यमा उपस्थित सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै आउँदा दिनहरुमा पनि फेरि यस किसिमको रक्तदान कार्यक्रम आयोजना गर्ने जानकारी गराए ।

प्रतिक्रिया
सम्बन्धित