
काठमाडौँ, २६ असार । नवलपरासीमा माछा मार्ने क्रममा २ जनाको मृत्यु भएको छ ।
बर्दघाट नगरपालिका १५ स्थित वनकट्टी खहरे खोलामा माछा मार्न गएका २ जनाको डुबेर शुक्रबार मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय २० वर्षीय सुधिर विक र १८ वर्षीय प्रविण विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
३ जना साथी मिलेर माछा मार्न गएका र सुरुमा प्रविण चिप्लिएपछि तत्काल उनलाई बचाउन पसेका सुधिरलाई खोलाले बगाएपछि मृत्यु भएको थियो । अर्का बचेका साथीले स्थानीयलाई खबर गरेपछि प्रहरीले ३ घण्टापछि शव फेला पारेको हो ।















प्रतिक्रिया