५ कार्तिक २०८३, बिहिबार

आइसोलेसनमै महिलाले जन्माइन् शिशु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असार । अछाममा आइसोलेसन कक्षमै एक महिलाले शिशुलाई जन्म दिएकी छन् ।

मेल्लेख गाउँपालिका ४ कुष्कोट निवासी २५ वर्षीया कोरोना संक्रमित महिलाले उपचारको क्रममा बिहीबार शिशुलाई जन्म दिएकी हुन ।
उनले जिल्ला अस्पतालको आइसोलेसनमा शिशुलाई जन्म दिएकी हुन् ।

सामान्य सुत्केरी भएकी उनी र शिशुको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ । यद्यपि कडा निगरानी गरिएको बताइएको छ । उनका श्रीमान पनि कोरोना संक्रमित हुन् । उनी पनि त्यही अस्पतालको आइसोलेसनमा असार ४ गतेबाट उपचाररत रहेका छन् ।

भारतबाट आएका दुवै श्रीमान श्रीमती वडाकै क्वारेन्टाइनमा बसेपछि थ्रोट स्वाब परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो ।