५ कार्तिक २०८३, बिहिबार

म्याग्दी पहिरो : ३ को शव फेला, ३१ अझै बेपत्ता, उद्धारमा कठिनाइ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असार । म्याग्दीको पहिरोमा बेपत्ता भएका ३ जनाको शव फेला परेको छ ।

धवलागिरी गाउँपालिका ६ मराङको पहिरोमा परेर अझै ३१ जना हराइरहेको प्रहरीले जनाएको छ ।

पहिरो पीडित सुरक्षाकर्मीको पर्खाइमा रहेका छन् । सडक र घोरेटोबाटो पहरोले भत्किएकोले साँझसम्म पनि सुरक्षाकर्मी उद्धारका लागि पुग्न कठिनाइ भएको प्रहरीले जनाएको छ ।

चारै तिरै पहिरोले घेरेका स्थानमा ५० भन्दा बढी पीडितहरु उद्धारको पर्खाइमा एकै ठाउँमा बसेका स्थानीयले बताएका छन् । तर सबैतिरबाट पुग्ने बाटो बन्द भएकाले उद्धारमा समस्या आएको प्रहरीले जनाएको छ । स्थलगत रुपमा पुग्ने अवस्था नभएपछि पीडितको उद्धारका लागि हेलिकप्टरबाट पठाउने तयारी भइरहेको जनाइएको छ ।