५ कार्तिक २०८३, बिहिबार

भाडा तिर्न सक्दैनौँ भन्दै सिभिल मलका व्यवसायीले सञ्चालकलाई बुझाए चाबी

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असार । काठमाडौं सुन्धाराको सिभिल मलमा सपिङ कम्प्लेक्सका व्यवसायीहरुले घरभाडा तिर्न नसक्ने भन्दै तालाचाबी मल सञ्चालकलाई बुझाएका छन् ।

व्यवसायी र मल सञ्चालकबीच भएको छलफल निष्कषविहीन भएपछि उनीहरुले चाबी बुझाएका हुन् ।
पसल व्यवसायीहरुले पूर्ण लकडाउनको भाडा छुट गर्न माग गरेका हुन् ।

सिभिल मल व्यापार संघका अनुसार सञ्चालकले लकडाउनको समयको पनि भाडा मागेर तनाव दिएपछि चाबी बुझाइएको बताएको छ । व्यापारीले करिब ३ महिना अवधिको लकडाउनलाई शून्य समय मानेर भाडा मिनाहा गर्न आग्रह गर्दै आएका तर सञ्चालकले नामनेको बताइएको छ ।

मल सञ्चालकले व्यापारीहरुलाई पत्राचार गरेर भाडा तिर्न दवाव दिएको थियो । मासिक ८ लाखसम्म भाडा तिर्ने व्यापारी रहेका मलमा लकडाउनको अवधिमा २५ हजारको पनि व्यापार नभएको बताउँछन् ।

मल सञ्चालकले भने पूर्ण लकडाउन भएको अवधिको ५० प्रतिशत भाडा छुट गर्ने जनाएको छ । तर उक्त भाडा २५ असारमा तिर्नुपर्ने म्याद दिएको थियो । तर असार २५ गतेसम्ममा नतिरे छुटको प्रतिशत २५ मा झार्ने भन्दै भाडा तिर्न दवाव दिएको व्यवसायी बताउँछन् ।

व्यवसायीले पूर्ण लकडाउन अवधिको भाडा शत प्रतिशत छुट हुनुपर्ने माग गर्दै सिभिल मल अगाडि धर्ना दिएका छन् ।

पूर्ण लकडाउन अवधिको भाडा शतप्रतिशत छुट नभएसम्म आन्दोलन जारी राखिने व्यवसायीले बताए ।