
काठमाडौँ, २६ असार । देशका ६ वटा जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त भएको छ ।
धनकुटा, भोजपुर, सोलखुम्बु, मुस्ताङ, मनाङ र हुम्लामा कोरोना संक्रमितहरू नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ति जिल्लामा भएका संक्रमितहरु निको भएका र थप नयाँ संक्रमित नथपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, मन्त्रालयले ६ जिल्लामा ५ सय जनाभन्दा बढी कोरोना संक्रमित उपचाररत रहेको जानकारी दिएको छ । महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा ५ सय जनाभन्दा बढी सक्रिय कोरोना संक्रमितको केस रहेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया