
काठमाडौँ, २६ असार । शुक्रबार काठमाडौँ उपत्यकामा थप ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितहरु काठमाडौँका २८ जना, ललितपुराक १३ र भक्तपुरका एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन् ।
उनीहरुको त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालमा गरिएको परीक्षण संक्रमण पुष्टि भएको हो । संक्रमितहरु कुन कुन स्थानका हुन् भनेर खुलाएको छैन ।















प्रतिक्रिया