५ कार्तिक २०८३, बिहिबार

थप ११८ जनामा कोरोना, संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो, ४८ प्रतिशत निको

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असार । नेपालमा शुक्रबार थप १ सय १८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

देशका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा गत २४ घण्टामा थप १ सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ८ सय १० जनाको पीसीआर परीक्षण गरिएको छ । यससँगै संक्रमितको संख्या १६ हजार ६ सय ४९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

देशभरका क्वारेन्टिनमा २३ हजार ९ सय १० जना मानिसहरू छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ जना २० डिस्चार्ज भएका छन् । योसहित हालसम्म कोरोना जित्नेको संख्या ८ हजार ११ जना पुगेका छन् ।

अहिलेसम्म ४८ प्रतिशत भन्दा बढी संक्रमित निको भएका छन् भने ३५ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।