
काठमाडौँ, २६ असार । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआईभी सङ्क्रमित नियमित औषधि लिन आउने गरेका छन् ।
कोभिड १९ को उपचारका लागि तोकिएको यस अस्पतालमा पहिले दिइँदै आएका कतिपय सेवा अन्यत्र सारिए पनि यो सेवा यहीँबाट दिइँदै आएको छ ।
कोभिड १९ सङ्क्रमण बढिरहेकाले अधिकांश सेवा अरू अस्पतालमा सारिएको छ ।
एचआईभी सङ्क्रमितमध्ये जटिल समस्या भएकालाई अरू अस्पतालाट सेवा दिइने गरे पनि सामान्य अवस्थाका सङ्क्रमित यहीँ औषधि लिन आउने गरेको अस्पतालका निर्देशक सागर राजभण्डारीले बताए ।
यो अस्पताल एचआईभीमैत्री भए पनि अन्यत्र यस्तो वातावरण नपाइने भन्ने गुनासो आउने गरेको उनले बताए । –रासस















प्रतिक्रिया