बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

म्याग्दीमा पहिरोले ३५ घर बगायो, बेपत्ता हुनेको संख्या ३३ पुग्यो

दैनिक नेपाल २०७७ असार २६ गते १४:०८

काठमाडौँ, २६ असार । म्याग्दीमा आएको बाढीपहिरोमा बेपत्ता हुनेको संख्या ३३ जना भएका छन् ।

पहिरोमा ३५ घर पुरिएका छन् भने ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

उद्धारकर्ताहरु पहिरो गएको स्थानमा पुग्न सकेका छैनन् । पहिरोमा पुरिएर धौलागिरि गाउँपालिका–६ मराङमा २१, वडा नं ७ ताकममा ३, मालिका गाउँपालिका–७ बिममा विष्णु शर्मा र इच्छा पौडेलसहित ८ जना बेपत्ता छन् । मालिकाकै वडा नं ६ दुखुमा खोलाले बगाएर एक जना बेपत्ता भएका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

त्यस्तै, मराङमा २०, ताकममा ५ र बिममा १० घर पहिरोमा पुरिएका छन् । मालिका गाउँपालिका–४ देवीस्थानमा पनि ५ घरमा पहिरोले क्षति पु¥याएको स्थानीयले बताएका छन् ।

बाढीले गलेश्वरस्थित राहुघाट खोलाको बेलिब्रिज बगाउँदा बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध भएको छ । पुल बगाएपछि बाढी पिप्लेगलेश्वर बस्तीतर्फ सोझिएको छ ।

जोखिममा रहेका ७० परिवारलाई सुरक्षित स्थानमका सारिएको छ ।

प्रतिक्रिया
सम्बन्धित