नयाँदिल्ली, २६ असार । भारतको ‘कानपुर सुटआउट’का मुख्य आरोपी कुख्यात डन विकास दुबेको इन्काउन्टर गरे हत्या गरेको छ ।
उत्तर प्रदेश प्रहरीले मुठभेडका क्रममा विकास दुबेकाे मृत्यु भएकाे बताएकाे छ । प्रहरीले उनलाई बिहीबार एक मन्दिर क्षेत्रबाट पक्राउ गरेकाे थियाे ।
प्रदेशकाे स्पेसल टास्क फाेर्सले उनलाई उज्जैन हुँदै सडककाे बाटाे कानपुल लिएर जाँदै गर्दा गाडी पल्टिएपछि भाग्ने काेसिस गरेका विकास दुबेमाथि गाेली चलाउनुपरेकाे बताएकाे छ ।
कानपुर रेन्जका आईजी मोहित अग्रवालले समाचार एजेन्सी पीटीआईलाई विकास दुबे मारिएकाे पुष्टि गरेका छन् । यसअघि प्रहरीले विकास दुबेका ३ सहयोगीको इन्काउन्टर गरेको थियो ।















प्रतिक्रिया