५ कार्तिक २०८३, बिहिबार

‘भारतीय मिडियाको भ्रामक प्रचारको कानुनी र कुटनीति उपचार खोज्न सकिन्छ’

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असार । भारतीय मिडियाले नेपाल विरोधी गरेको अनर्गल प्रचारको कानुनी एवम् कुटनीतिक उपचार खोज्न सकिने सरकारले जनाएको छ ।

सरकारका प्रवक्ता एवम् अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले मिडियाले प्रस्तुत गर्ने समाचार स्वच्छ र पारदर्शी हुनु पर्ने बताउँदै त्यस्ता गलत प्रचारको कुटनीतिक तवरबाट समाधान खोज्न सकिने बताएक हुन् ।

नेपालले भारतद्धरा अतिक्रमित भूमिसहित नयाँ नक्सा जारी गरेपछि भारतीय मिडियाहरु नेपालमाथि खनिइरहेका छन् । पछिल्ला दिनमा भारतीय मिडियाहरु प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा व्यक्तिगत तहसम्मको भ्रामक प्रचारमा समेत पछि परेका छैनन् ।