शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सार्वजनिक यातायातको बढ्यो ५० प्रतिशत भाडा

दैनिक नेपाल २०७७ असार २५ गते १७:४७

काठमाडौँ, २५ असार । सार्वजनिक यातायातको ५० प्रतिशत भाडा बढ्ने भएको छ ।

सरकारले छोटो दूरीको सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेसँगै भाडा बढ्ने भएको हो ।

कोरोना संक्रमणको जोखिम कम गर्न सिट क्षमताको आधा मात्रै यात्रु राख्नुपर्ने र ५० प्रतिशत बढेर भाडा लिन पाउने सरकारका प्रवक्ता एवम् अर्थ तथा सूचनामन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् । तर ट्याक्सीको भने भाडा यथावत रहेको छ ।

त्यस्तै, सरकारले अब उप्रान्त जोरबिजोर प्रणालीमा चल्ने निजी सवारी साधनमा ड्राइभरसहित ३ जना यात्रा गर्ने पाउने बताएको छ । जसमा ५ वर्ष मुनिका बालबालिकाको गणना नहुने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित