बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

सदूरपश्चिममा थप १६ जनामा कोरोना पुष्टि

दैनिक नेपाल २०७७ असार २५ गते १७:०८

काठमाडौँ, २५ असार । सुदूरपश्चिममा थप १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

उनीहरुको सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा परीक्षण गरिएको थियो । थपिएका संक्रमितहरु ८ जना महिला र ८ जना पुरुष रहेका छन् ।

नयाँ संक्रमितहरु अछाम मगलसेनका ७५ वर्षिया १ पुरुष, साँफेबगरका ३७ र ३० वर्षका २ महिला, चौरपाटीका २३ वर्षकी १ महिला, बाजुरा त्रिबेणीकी ७ वर्षिया १ बालिका र ७ वर्षका १ जना बालक रहेका छन् ।

त्यसैगरी कैलाली गौरीगंगाका २५, २० र ४४, वर्षका ३ पुरुष, गोदावरीका २२, १४ र ५ वर्षीया (बालिका) सहित ३ महिला २४ र ४५ वर्षका २ पुरुष तथा कंचनपुर कृष्णपुरका ३२ वर्षका १ पुरुष र कंचनपरकै भीमदत्तका २८ वर्षीय १ जना महिला रहेकोे सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित