शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नेपाल वायुसेवाका थप ४ उडान कर्मचारीमा कोरोना पुष्टि

दैनिक नेपाल २०७७ असार २४ गते २१:२०

काठमाडौँ, २४ असार । नेपाल वायुसेवा निगमका चालकसहित थप ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

निगम प्रवक्ता अर्चना खड्का अनुसार, पाटन अस्पतालमा भएको पीसीआर परीक्षणका क्रममा वुधबार चार जना उडानकर्मीमा संक्रमण पुष्टि भएको हो ।

निगमको संचालक समितिका एक सदस्यका अनुसार, एक जना वाइडबडीका कोपाइलट, दुई जना एयरहोस्टेस र एक जना फ्लाइट–डिस्प्याचर छन् । यससँगै निगमका १३ जना कर्मचारीमा कोरोना देखिएको छ । यसअघि ९ जनामा संक्रमण देखिएको थियो ।

संक्रमितहरुलाई सशस्त्र प्रहरीको अस्पतालबाट संक्रमितहरुलाई हेम्स अस्पतालमा सारिएको छ ।

उद्धार उडानमा गएका कर्मचारीमा संक्रमण बढ्न थालेपछि निगमले उडान नगर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित