
काठमाडौँ, २४ असार । सिन्धुलीको फिक्कल गाउँपालिका ५ को ग्रामीण सडकमा वुधबार साँझ जिप दुर्घटना हुँदा १ जनाको मृत्यु र ३ जना गम्भीर घाइते भएका छन् ।
सदरमुकाम सिन्धुलीमाढीबाट फिक्कलको डाँडाचौर जाँदै गरेको ना ४ च ५२८५ नं को जिप दुर्घटनामा वडा नं ५ का ६५ वर्षीय धर्मध्वज सुनुवारको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
रड र सिमेन्ट लिएर जाँदै गरेको जिप कर्फुस्थित ग्रामीण कच्ची सडकबाट करिब ५ सय मिटर खसेको थियो । वडा नं ५ कै सख्त घाइतेहरु गाडी चालक ४९ वर्षीय टोकनाथ पहाडी, ४३ वर्षीया भगवती पहाडी र १७ वर्षीय उज्वल सुनुवार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । ओभरलोडका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।















प्रतिक्रिया