सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

ज्योति विकास बैंकको सीइओमा श्रीचन्द्र भट्ट नियुक्त हुने

दैनिक नेपाल २०७७ असार २४ गते १९:५८

काठमाण्डौँ, २४ असार । ज्योति विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा बैंकर श्रीचन्द्र भट्ट नियुक्त हुने भएका छन् ।

बैंक संचालक समितिको आज(बुधबार) बसेको बैठकले भट्टलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

भट्ट हाल आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । नयाँ अवसर पाएपछि भट्ट ज्योति विकास बैंकमा जाने भएका हुन् ।

तत्कालीन सीइओ मनोजकुमार ज्ञवाली सिइओबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

भट्टसँग २५ वर्षे लामो बैंकिङ अनुभव छ । महालक्ष्मी फाइनान्स(हालको महालक्ष्मी विकास बैंकबाट करिअर सुरु गरेका भट्टले आइएमई लाइफभन्दा अगाडि एक रेमिटान्स कम्पनीमा आबद्ध रही काम गरेका थिए ।

त्यसअघि उनी मेगा बैंकको डेपुटी सीइओ थिए । मेगा बैंकमा आउनुअघि उनले नेपाल इन्भेष्टमेन्ट बैंकमा काम गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित