५ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री ओली र प्रचण्डबीच २ घण्टा छलफल, सहमति जुटेन

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २४ असार । सत्तारुढ नेकपामा भइरहेको विवाद समाधानका लागि दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफल सहमतिविहीन भएको छ ।

वुधबार बालुवाटारमा उनीहरुबीच वान टु वान भएको वार्ता बिना निष्कर्ष टुंगिएको बालुवाटार स्रोतले जनाएको छ । उनीहरुबीच २ घण्टासम्म भएको छलफल सकारात्मक भएपनि कुनै निकास दिन नसकेको जनाइएको छ ।

पार्टी भित्रको आन्तरिक विवादका कारण असार २६ गतेसम्मका लागि स्थायी कमिटी बैठक स्थगित भएको छ ।

दुवै पक्षको अडानका कारण पार्टी विभाजनको संघारमा पुगेको भन्दै युवा नेताहरुले अध्यक्षहरुलाई समाधान गर्न दवाव दिइरहेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने दवावमा पारे जस्तोसुकै परिस्थिति पनि सामना गर्ने बताएका छन् ।