५ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री ओलीको समर्थनमा उपत्यकामा भएको प्रदर्शन (फोटोफिचर)

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, २४ असार । प्रधानमन्त्री केपी ओलीको समर्थनमा काठमाडौँ उपत्यकाका विभिन्न ७ स्थानमा प्रदर्शन भएको छ ।

पार्टीकै नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि उनका समर्थकहरुले प्रदर्शन गर्न थालेका छन् । केही दिनदेखि पार्टीभित्र भएको आन्तरिक विवादका कारण प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेको छ ।

तर प्रधानमन्त्री ओलीका समर्थकहरुले भने जनताले स्थायीत्व चाहेको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री ओलीको फोटोसहित ‘फेर्नु छ चाँडो देशको मुहार हाम्रो भविष्य हाम्रो सरोकार’, राजीनामा कसका लागि ? नेकपाको स्थायी सरकार जनता चाहन्छन्, जस्ता नारा लगाएका थिए ।

वुधबार कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखलमा प्रदर्शन भएको हो ।