मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

प्रधानमन्त्री ओलीको समर्थनमा विभिन्न स्थानमा प्रदर्शन

दैनिक नेपाल २०७७ असार २४ गते १७:३६


काठमाडौँ, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न स्थानहरुमा प्रदर्शन भएका छन् ।

यही क्रममा काठमाडौं उपत्यकाको सात स्थानमा प्रदर्शन भएको छ । पार्टीकै नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेका बेला उनका समर्थकले भने उनको पक्षमा प्रदर्शन थालेका छन् ।

प्रधानमन्त्री ओलीको फोटोसहित ‘फेर्नु छ चाँडो देशको मुहार हाम्रो भविष्य हाम्रो सरोकार’, राजीनामा कसका लागि ? नेकपाको स्थायी सरकार जनता चाहन्छन्, जस्ता नारा लगाएका थिए ।

वुधबार कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखलमा प्रदर्शन भएको हो ।

स्थायी सरकारलाई गिराउने षड्यन्त्र भइरहेको भन्दै प्रदर्शनकारीले प्रदर्शन गरेका हुन् । पार्टी विवाद समाधाका लागि अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच निरन्तर छलफल जारी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित