बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

प्रधानमन्त्री ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता सुरु, सहमति हुने अनुमान

दैनिक नेपाल २०७७ असार २४ गते १७:०३

काठमाडौँ, २४ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच ‘वान टु वान’ वार्ता सुरु भएको छ ।

उनीहरुबीच तोकिएको समयभन्दा केही ढिलागरी वार्ता सुरु भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

आइतबारदेखि उनीहरुबीच निरन्तर वार्ता जारी रहेपनि निकासको बिन्दु भेटिएको छैन । पार्टीलाई फुटबाट जोगाउन र मुलुकको समृद्धिका नेकपाको एकतामा जोड दिन उनीहरुबीच वार्ता भएको बताइएको छ ।

आजको वार्ता निर्णायक हुनसक्ने अनुमान गरिएको छ ।

प्रचण्डसहितका नेताले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि पार्टीभित्र झन् ठूलो तरंग पैदा भएको थियो । हाल राजीनामाबाहेकका विषयमा सहमति हुने प्रधानमन्त्रीले बताएका छन् ।

यद्यपि दुवैको अडानका कारण विवाद चुलिँदै गएको छ । असार १८ गतेदेखि स्थायी समितिको बैठक बस्न सकेको छैन । स्थायी समितिको अर्को बैठक आगामी शुक्रबार बिहान ११ बजेलाई तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित