५ कार्तिक २०८३, बिहिबार

थप २५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ असार । नेपालमा थप २ सय ५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार देशभरका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ५५ जनामा कोरोना देखिएको हो ।

गत २४ घण्टामा ४ हजार ६ सय ९६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

यससँगै संक्रमितको संख्या १६ हजार ४ सय २३ जना पु्गेको छ । त्यस्तै, मन्त्रालयका अनुसार देशभर अहिले २५ हजार ४० जना क्वारेन्टिनमा रहेका छन् ।

त्यस्तै, हालसम्म कोरोनका कारण ३५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, प्रवक्ता गौतमका अनु्सार हाल धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला गरी ५ जिल्लामा नयाँ कोरोना संक्रमित भेटिएका छैनन् ।

५ सय भन्दा बढी संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली, बाजुरा रहेका छन् ।

त्यस्तै, वुधबार काठमाडौँ उपत्यकामा थप २३ जना कोरोना संक्रमित भेटिएका छन् । जसअनुसार काठमाडौँका १६ जना र ललितपुरका ७ जना रहेका छन् ।