५ कार्तिक २०८३, बिहिबार

कर्णालीमा थप २० जनामा कोरोना

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ असार । कर्णाली प्रदेशमा थप २० जनाम कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेशका ४ जिल्लामा थप २० जना संक्रमित भेटिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुर्खेतमा १३ जनासहित २० जना थपिएका हुन् । यससँगै संक्रमितको संख्या एक हजार ५ सय ५० जना पुगेको छ । वुधबारै कर्णाली प्रदेशमा थप १६ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

यससँगै निको हुनेको संख्या एक हजार २ सय ९१ पुगेको छ भने ६ जनाको मृत्यु भइसकेको छ ।