मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

हावाबाट कोरोना सर्ने तथ्य नकार्न सकिन्न, थप अध्ययन गर्दैछौँ : डब्लुएचओ

दैनिक नेपाल २०७७ असार २४ गते १३:५०

काठमाडौँ, २४ असार । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरस हावाबाट पनि सर्न सक्ने भनेको छ ।

यद्यपि यसको विषयमा अझ धेरै प्रमाणको आवश्यक रहेको जनाउँदै संगठनले अनुसन्धान गर्ने बताएको छ ।

३२ देशका २ सय ३९ जना वैज्ञानिकहरुले विश्व स्वास्थ्य संगठनलाई कोरोनाभाइरस हावाबाट पनि सर्न सक्ने तथ्यलाई पनि निर्देशिकामा समावेश गर्न आग्रह गरेपछि संगठनले हावाबाट सर्न सक्ने कुरा नकार्न नसकिने बताएको हो ।

डब्लुएचओकी एक अधिकारीले कोभिड १९ हावाबाट पनि सर्न सक्ने सम्भावना रहेको बताएकी छन् ।

संगठनले यसअघि संक्रमित व्यक्तिको थुक, खोकीबाट मात्रै कोरोना सर्ने बताउँदै आएको थियो ।

विश्वका २ सय ३९ जना वैज्ञानिकहरुले हावामा तैरिरहेको कोरोनाभाइरस मानिसको सम्पर्कमा आउँदा सर्न सक्ने बताउँदै क्लिनिकल इन्फ्केसस डिजिज जर्नलमा खुलापत्र लेखेका थिए ।

भाइरसको सानो भाग हावामा रहिरहन सक्ने भएकाले उनीहरूले डब्लुएचओलाई आफ्नो निर्देशिका अध्यावधिक गर्न भनेका हुन् ।

डब्लुएचओले भन्यो, ‘विशेष अवस्था जस्तो निकै भीडभाड, बन्द कोठा, हावा कम आउजाउ हुने ठाउँमा हावाका माध्यमबाट कोरोनाभाइरस सर्न सक्ने सम्भावनालाई नकार्न सकिन्न, तर यो प्रमाणलाई अरू धेरै विस्तृत व्याख्या चाहिन्छ र हामी यसका लागि थप काम गरिरहनेछौँ ।’

तर संगठनका अनुसार हावाबाट संक्रमण फैलिन भन्ने कुरा भन्नलाई निकै प्रमाण चाहिने बताइएको छ । किनकी हावाबाट सर्ने भनेपछि स्वास्थ्यकर्मीहरु अस्पताल जान छोड्न सक्ने र धनी मुलुकका मानिसले एन ९५ मास्क भण्डारण गर्न सक्ने र गरिब मुलुकमा त्यसको अभाव हुन सक्ने बताएको छ ।

हावाबाट कोरोना भाइरस सर्ने प्रमाणको अध्ययन गरिरहेको डब्लुएचको प्यानलमा विभिन्न क्षेत्रका वैज्ञानिक र विज्ञहरूको प्रतिनिधित्व नभएको बताए ।

यदि कोरोना हावाबाट सर्ने डब्लुएचओले पनि प्रमाणित गरे अहिलेको सामाजिक दुरीको नियम परिवर्तन हुन सक्छ । त्यस्तै, प्रत्येक देशले नयाँ स्वास्थ्य निर्देशिका बनाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित