५ कार्तिक २०८३, बिहिबार

गैँडाको खागसहित ४ जना पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २४ असार । काठमाडौं । गैँडाको खागसहित काठमाडौंको सिनामंगलबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले ललितपुर गोदावरी नगरपालिका २७ का ६० वर्षीय सरोज गुरुङ, भक्तपुर नयाँठिमी बस्दै आएका २७ वर्षीय बुद्धि क्षेत्री, सिनामंगल बस्दै आएका ३५ वर्षीय पूर्ण परियार र सिनामंगलमै बस्दै आएका २५ वर्षीया शिखा गिरीलाई पक्राउ गरेको हो ।

गैँडाको खागको बिक्री तथा खरिदमा लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट साढे ४ इन्च लम्बाइ, फेदको गोलाइ ५ इन्च भएको एक थान गैंडाको खाग बरामद भएको छ ।