
काठमाडौँ, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि कार्ययोजना तयार पार्न निर्देशन दिएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई सार्वजनिक यातायात सञ्चालन गर्नेबारे कार्ययोजना बनाउन निर्देशन दिएका हुन् ।
कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि चैत ११ गतेदेखि गरिएको लकडाउनका कारण सार्वजनिक यातायात बन्द रहेका छन् ।















प्रतिक्रिया