सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

एनसेलले ल्यायो ‘ननस्टप युट्युब’अफर

दैनिक नेपाल २०७७ असार २३ गते २१:४४

काठमाडौँ, २३ असार । एनसेलका सबै फोरजीग ्राहकले अब लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट भरपुर फाइदा लिन सक्छन् ।

भिडियो सामाग्रीहरु हेर्दा धेरै डेटा खपतहुने र शुल्क पनि बढी लाग्ने चिन्ताबाट मुक्तहुँदैग्राहकले युट्युबको प्रयोग गर्न सक्छन् । एनसेलको प्राइभेट लिमिटेडले आफ्नो नयाँ ‘प्लस’थिमअन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’अफर ल्याएको छ ।

एनसेलको ‘प्लस’थिमले नवीन र विशेष सेवाहरुको साथग्राहकलाई हरेक पल जहाँ भएपनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ ।

‘प्लस’थिमअन्तर्गतको ननस्टप युट्युबअफरमा ग्राहकले निश्चिन्त रुपमामात्र रु १०० (कर सहितमात्र रु १२७.६९) मा एक साताभरि ४८० पीमा युट्युब भिडियो सामाग्रीहरुकोे मजालिन सक्नेछन् । साथै यो अफरमा ग्राहकले ४ जिबीफोरजीअल टाइम अल नेटवर्क डेटाको पनिफाइदालिन सक्नेछन् ।

फोरजी नेटवर्कमा ननस्टप युट्युब र ४ जिबीअल टाइम अल नेटवर्क डेटा सुचारु भएको दिनबाट ७दिनको लागिमान्य रहनेछ । साथै यो प्याक सुचारु गर्ने ग्राहकले फेसबुक र टिकटकको लागि सुलभ दरमा छुट्टा छुट्टै आकर्षक प्याकपनिलिनसक्नेछन् ।

ग्राहकले ननस्टप युट्युबप्याक सुचारु गरे पछि हरेक दिन ५०० एमबीको दरले ७दिन सम्म मात्र रु २० (कर सहितमात्र २५.५३) मा ३५०० एमबिथप डेटाको लिन सक्नेछन् । उक्त डेटा ग्राहकले फेसबुकचलाउनको लागिप्रयोग गर्न सक्नेछन् ।

त्यतिनै शुल्कमा टिकटक चलाउन रुचाउने ग्राहकले पनि हरेक दिन ५०० एमबिको दरले ७दिन सम्म ३५०० एमबिथप डेटाको मजालिन सक्नेछन् । आफ्नो आवश्यकताअनुसार ग्राहकले फेसबुक र टिकटकका लागिदुवै डेटा पनिलिन सक्नेछन् ।

एनसेलका फोरजी ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स १ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार यो प्याक सजिलै सुचारु गर्न सक्नेछन् ।

सुलभ दरमा गुणस्तरीय सेवाप्रदान गर्ने प्रतिवद्धता अनुरुपएनसेलले आफ्ना फोरजीग्राहकलाई लक्षितगर्दै यो आकर्षक योजनाल्याएको हो । सन् २०१७ मा फोरजी सेवा संचालनमा ल्याएपछि कम्पनीले देशको विभिन्न भागमा तदारुकताका साथ यो सेवाको विस्तार गरेको छ ।

भिडियो कन्टेन्टको बढ्दो मागले गर्दा देशमा डेटा सेवाको बढ्दो उपभोग भइरहेको अवस्थामा ननस्टप युट्युबअफरको साथमा सुलभ दरमा आफ्ना ग्राहकलाई युट्युबमा पहुँच दिन पाएकोमा निकै हर्षित रहेको एनसेलले जनाएको छ ।

फोरजीअल टाइम अल नेटवर्क डेटासँग बण्डलिङ्ग तथालोकप्रिय सामाजिक सञ्जाल फेसबुक र टिकटकको लागिनिकै सुलभ दरमा थप डेटा सहितको यस अफरले ग्राहकलाई थपलाभप्रदान गर्ने विश्वास एनसेलले लिएको छ ।

यस अफर अन्तर्गतको ननस्टप युट्युबको फाइदालिनग्राहकसंग एनसेल फोरजीसिम कार्ड, फोरजीचल्ने मोवाइल र एनसेलको फोरजी नेटवर्क कभरेज भित्रहुनु पर्दछ ।

आफ्नो थ्रिजीसिम कार्ड फोरजी सिममा अपगे्रड गरी नसकेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गएर आफ्नो सिमनिःशुल्कअपग्रेड गर्न सक्नेछन् । साथै सिमअपगे्रड गर्नुहुने ग्राहकले थप १ जिबीडे प्याकडेटा निःशुल्कप्राप्त गर्नेछन् ।

आफ्नो प्रतिवद्धता अनुरुप र नयाँ‘प्लस’थिमअन्तर्गत ग्राहकका लागि थप नवीन सेवा तथा सुविधाहरु ल्याउने एनसेलले जनाएको छ

प्रतिक्रिया
सम्बन्धित