५ कार्तिक २०८३, बिहिबार

११ अन्तर्राष्ट्रिय उडानमार्फत १ हजार १७७ जना स्वदेश पर्किए

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ असार । मंगलबार विभिन्न मुलुकबाट एक हजार १ सय ७७ जना नेपाली स्वदेश फर्र्किएका छन् ।

विभिन्न मुलुकमा समस्यामा परेकाहरुलाई ११ अन्तर्राष्ट्रिय उडानमार्फत काठमाडौँ ल्याइएको हो ।

नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालम्पुरबाट १४८, साउदी अरेबियाको रियादबाट २५२ र कुवेतबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ । दुबई र दोहाबाट थप नेपाली ल्याउन निगमको जहाज त्यसतर्फ प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।

त्यस्तै, हिमालय एयरलाइन्सले दमामबाट १५४ र अबुधाबीबाट १५५ नेपालीको उद्धार उडान गरी स्वदेश फर्काएको छ ।

सोही एयरलाइन्सको जहाज थप नेपाली ल्याउन दोहा प्रस्थान गरेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

जजिरा एयरलाइन्सले कुवेतबाट १६० यात्रु काठमाडौँ ल्याएको छ । कुवेतबाट यात्रु ल्याउन पुनः त्यसतर्फ उडेको विमानस्थलले जनाएको छ ।