५ कार्तिक २०८३, बिहिबार

आफैँ मर्न थाले सलह किरा

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ असार । नेपालमा प्रवेश गरेका सलह किरा हराउन थालेका छन् ।

अनुकुल वातावरण नभएपछि सलह मर्न थालेका विज्ञहरुले बताएका छन् । मौसम अनुकुल नहुँदा सलह आफैं मर्न थालेको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईंले जनाए ।

तराईबाट प्रवेश गरेका सलह चिसो मौसम, वर्षा आदिको कारण आफैँ मर्न थालेका किटविज्ञहरुको भनाइ छ ।

सलह किरा २२ डिग्री सेल्सियस भन्दा कम तापक्रममा बाँच्न नसक्ने वैज्ञानिकहरु बताउँछन् । नेपालको अहिले पानी परिरहेकाले कम तापक्रमका कारण सलह मर्न थालेका हुन् ।

रुकुमलगायत पहाडी जिल्लाहरुमा धेरै संख्यामा सलह मरेको भनाइ छ । त्यस्तै, अन्य जिल्लामा पनि केही संख्यामा आफैँ सलह मर्ने गरेको बताइएको छ ।

यद्यपि अहिले पनि थोरै संख्याको सलह किराको झुण्ड नेपालका जंगलहरुमा रहेको जनाइएको छ । ति पनि मनसुनको कारणले यसरी नै पानी परिरहने हो भने मर्दै जाने विज्ञहरु बताउँछन् ।

हावाको प्रवाहलाई अनुमान गर्दा अब नेपालमा अन्य झुण्ड सलह प्रवेश गर्ने सम्भावना निकै कम रहेको बताइएको छ ।

यही असार १३ गते बारा, पर्सा, रौतहट हुँदै नेपाल आएका सलह ८० लाखसम्मको संख्यामा प्रवेश गरेका थिए । १६ सय देखि १८ सय मिटर उचाईसम्म उड्न सक्ने सलह हावाको वेगसँगै टुक्रिएर ५२ जिल्लामा पुगेका थिए ।

सलहले मकवानपुर, दाङ, प्युठान, अर्घाखाँची र पाल्पामा मकै, तरकारी तथा भटमासबालीमा सामान्य क्षति पुर्याएको थियो ।