
काठमाडौँ, २३ असार । नेपाल एयरलाइन्सका थप दुई जना उडान कर्मचारीमा कोरोना पुष्टि भएको छ ।
थप दुई जना उडान कर्मचारीमा संक्रमण पुष्टि भएको एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
सोमबार एयरलाइन्सकै ३ पाइलटसहित ९ कर्मचारीमा कोरोना देखिएको थियो ।
उनीहरुलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।
एयरलाइन्सले दैनिक ३५ देखि ४० जना कर्मचारीलाई सोल्टी होटलमा क्वारेन्टिनमा राख्दै आएको छ ।
कर्मचारीमा संक्रमण पुष्टि भएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिंगको काम भइरहेको एयरलाइन्सले जनाएको छ ।















प्रतिक्रिया