शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

४ जिल्ला कोरोनामुक्त, ६ जिल्लामा ५ सय बढी संक्रमित

दैनिक नेपाल २०७७ असार २३ गते १७:०९


काठमाडौँ, २३ असार । नेपालका ४ जिल्ला कोरोनामुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पहिले कोरोना भए पनि अहिले उनीहरु निको भएर घर फर्किसकेको बताएका छन् ।

उनले भने, ‘७७ जिल्लामै कोरोना देखिएकोमा अहिले चार जिल्ला कोरोना फ्री भएका छन् ।’ उनका अनुसार प्रदेश १ का तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्लामा कोरोना संक्रमित निको भएका हुन् ।

अन्य जिल्लामा पनि संक्रमितहरु निको भएर घर फर्किँदै गरेकोले निको हुनेको संख्या पनि बढ्दै गरेको प्रवक्त गौतमले जनाए । मंगलबार थप २ सय ४ जनामा कोरोना देखिएको थियो भने ६ सय ८८ जना निको भएर घर फर्केका छन् ।

त्यस्तै, मन्त्रालयका अनुसार ५ सयभन्दा बढी संक्रमित भएका ६ जिल्ला रहेका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार प्रदेश २ का महोत्तरी र रौतहट, ५ नम्वर प्रदेशको पाल्पा, सुदूर पश्चिमको अछाम, कैलाली र बाजुरामा ५ सयभन्दा बढी संक्रमित छन् ।

यता प्रदेश १, ३, ४ र कर्णालीका कुनै पनि जिल्लामा संक्रमितको संख्या ५ सय नाघेको छैन ।

प्रतिक्रिया
सम्बन्धित