५ कार्तिक २०८३, बिहिबार

काठमाडौँ उपत्यकामा थप २८ जनामा कोरोना, देशभर १६ हजार नाघे संक्रमित, ४६ प्रतिशत निको

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ असार । काठमाडौँ उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार थपिएका संक्रमितहरु काठमाडौँका १४ जना, ललितपुरका १० जना र भक्तपुरका ४ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । सोमबार उपत्यकामा ५४ जना संक्रमित थपिएका थिए ।

मंगलबार थप २ सय ४ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा हालसम्म संक्रमितको संख्या १६ हजार १ सय ६८ जना पुगेको छ । त्यस्तै, थप ६ सय ८८ जना निको भएका छन् । यससँगै ४६ प्रतिशत संक्रमित उपचारपछि निको भएको मन्त्रालयले जनाएको छ ।