शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

थप ६ सय ८८ जना निको, २०४ जना थपिए कोरोना संक्रमित

दैनिक नेपाल २०७७ असार २३ गते १६:३४

काठमाडौँ, २३ असार । मंगलबार नेपालमा थप २ सय ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ सय ४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिएका छन् ।

यससँगै अहिलेसम्म संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।

त्यस्तै, गत २४ घण्टामा ६ सय ८८ जना कोरोना जितेका छन् । यससहित ७ हजार ४ सय ९९ निको भइ घर फर्किएका छन् । हालसम्म ४६ प्रतिशत निको भइ घर फर्किएको मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा ६ हजार १ सय ३३ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म २ लाख ६१ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जानकारी दिउको छ ।

प्रतिक्रिया
सम्बन्धित