शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

करिब ८६ लाख बराबरको सुनचाँदीको गहना चोर्ने गिरोह पक्राउ

दैनिक नेपाल २०७७ असार २३ गते १५:४६

काठमाडौँ, २३ असार । काठमाडौँ उपत्यकामा सटर फोरेर सुनचाँदी चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

रातीको समयमा बोतल उठाउने व्यक्तिको हुलिया बनाइ उपत्यकाका विभिन्न स्थानबाट सुनचाँदी चोरी गर्ने गिरोहलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुरका ३७ वर्षका गंगाबहादुर तामाङ, ४९ वर्षीय जंगबहादुर माझी र महोत्तरीका ५४ वर्षीय बुद्धबहादुर माझी रहेका छन् ।

उनीहरुले लाजिम्पाटस्थित दिलिपकुमार श्रेष्ठको पबी ज्वेलर्सबाट एक किलो १ सय ५० ग्राम सुनका गहना, ८ किलो ५ सय ६० ग्रामको चाँदीका गहना र नगदसहित ८५ लाख ८५ हजार ६ सय ४२ रुपैयाँ बराबरको गहना चोरी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धानका क्रममा असार २१ र २२ गते उनीहरुलाई पक्राउ गरेको थियो । त्यस्तै, घटनामा संलग्न अन्य ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित