शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

दैनिक नेपाल २०७७ असार २३ गते १३:३१

सांकेतिक तस्वीर

काठमाडौँ, २३ असार । पाटन अस्पतालमा मृत्यु भएका गोरखाका एक युवकमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

उनको उपचारको क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।

ति २६ वर्षीय युवक भीमसेनथापा गाउँपालिका २ तान्द्राङका हुन् । उनी आत्महत्या गरेको अवस्थामा परिवारले फेला पारेका थिए । त्यसपछि उनलाई गोरखा अस्पतालमा लगेपछि पाटन रिफर गरिएको थियो ।

उनमा मानसिक समस्या रहेको पनि बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित