४ कार्तिक २०८३, बुधबार

गंगलाल हृदय केन्द्रका ७ बिरामीमा कोरोना पुष्टि, आकस्मिकबाहेकका सेवा बन्द

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ असार । काठमाडौँको गंगलाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

उनीहरुमा कोरोना देखिएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको हो ।

अस्पतालका अनुसार यस विषयमा सम्पूर्ण जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराउने जनाएको छ ।

हाल आकस्मिकबाहेक अस्पतालका सबै सेव बन्द गरिएको छ ।

यसअघि पनि काठमाडौं मेडिकल कलेज, टिचिङ अस्पतालका बिरामी र स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको थियो ।

पछिल्लो समय काठमाडौँका अस्पतालहरुमा संक्रमण देखिएको छ ।