मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

आत्मघाती गोलसँगै इंग्लिस प्रिमियर लिगकाे खेलमा टोटनह्याम विजयी

दैनिक नेपाल २०७७ असार २३ गते ९:२७

लण्डन, २३ असार । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा टोटनह्याम विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्याम उपहार गोलले विजयी भएको हो ।

जोसे मोरिन्होको टिमले एभर्टनलाई १–० ले पराजित गरेको छ । २४ औँ मिनेटमा एभर्टनका माइकल किनले गरेको आत्मघाती गोल नै टोटनह्यामको जितमा निर्णायक बन्यो । मोरिन्होको प्रशिक्षकका रुपमा यो प्रिमियर लिगमा २०० औँ जित हो ।

जितपछि ३३ खेलबाट ४८ अंक बनाएको टोटनह्याम आठौँ स्थानमा उक्लिएको छ । पराजित भएको एभर्टन ४४ अंकसहित ११ औँ स्थानमा कायम छ ।

यसैबिच यो खेलमा टोटनह्यामका कप्तान हुगो लोरिस र स्ट्राइकर सन हेङ–मिनबिच मैदानमै हात हालाहालको अवस्था आएको थियो । खेलको मध्यान्तरमा मैदानबाट बाहिरिने क्रममा लोरिसले सनलाई पछाडिबाट धकेलेका थिए ।

त्यसपछि विवाद चुलियो, टिमका अरु खेलाडीले दुवैलाई छुट्याएका थिए । तर दुवै खेलाडीले आफ्ना मतभेदहरुलाई पाखा लगाएर खेलको अन्तिममा मैदानबाट बाहिरिने बेला अंकमाल गरेका थिए ।

प्रशिक्षक मोरिन्होले टिमको विकास हुनका लागि यो आवश्यक रहेको भन्दै लोरिस र सनबिचको विवाद ‘सुन्दर’ रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित