
काठमाडौँ, २२ असार । नेपाली कांग्रेसले फागुन पहिलो सातामा १४ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।
असार १६ गतेदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकले फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
केन्द्रीय कार्यसमितिको बैठकले सोमबार कार्यतालिका परिमार्जन गरि कोरोना महामारीका कारण ठप्प भएको महाधिवेशनको कार्यक्रम यसअघि तोकिएकै मितिमा गर्ने निर्णय गरेको हो ।
बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले परिमार्जित कार्यतालिका प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यतालिकामा साउन १० गतेभित्र समायोजन सक्ने निर्णय गरेको छ ।















प्रतिक्रिया