शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नेकपाको एकतामा खलल पुग्ने कुनै गतिविधि नगर्न संसदीय दलको आग्रह

दैनिक नेपाल २०७७ असार २२ गते २०:४४

काठमाडौँ, २२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदुरपश्चिम प्रदेश संसदीय दलले पार्टी एकतामा खलल पुग्ने किसिमको कुनै पनि काम नगर्न आग्रह गरेको छ ।

संसदीय दलले विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गरेको हो । नेकपा सुदुरपश्चिम संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले विज्ञप्तिमार्फत पार्टीलाई सुदृढ गर्नुपर्नेमा जोड दिएका हुन् ।

पार्टीमा विवाद चर्किरहेका बेला सडक वा सामाजिक सञ्जालमा आरोप प्रत्यारोप नगर्न पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित