४ कार्तिक २०८३, बुधबार

१४ जनामा कोरोना देखिएपछि होटल सोल्टी सिल

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ असार । काठमाडौँको पाँच तारे सोल्टी होटल भेटिएपछि सिल गरिएको छ ।

नेपाल वायु सेवा निगमका पाइलट र क्रु मेम्वरमा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले होटल सिल गरेको हो । निगमले उद्धार गरेर ल्याइएकाहरुका लागि सोल्टी होटललाई क्वारेन्टिनको रुपमा प्रयोग गर्दै आएको थियो ।

होटलमा विभिन्न अन्तर्राष्ट्रिय उडानमा संलग्न ३ पाइलटसहित १४ जनामा कोरोना पुष्टि भएपछि होटल सिल गरिएको हो । संक्रमितहरुलाई अस्पताल लाने कि होटलमै राख्ने भन्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।