
काठमाडौँ, २२ असार । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरूले पार्टी कार्यालय धुम्बाराहीमा अनौपचारिक भेला गरेका छन् ।
तत्काल केन्द्रीय समिति बैठक बोलाउन हस्ताक्षर अभियान चलाइरहेका उनीहरू सोमबार पार्टी कार्यालयमा भेला भएका हुन् ।
उनीहरुले एकताका लागि धर्ना दिएको बताएका छन् । त्यस्तै, तत्काल केन्द्रीय समिति बोलाउन एक सय जनाले हस्ताक्षर गरेको पनि नेताहरुले बताएका छन् ।
पार्टी अहिले पनि गम्भीर मोडमा गुज्रिरहेकोले केन्द्रीय समिति बैठक बोलाउनुपर्ने माग उनीहरुले गरिरहेका छन् ।
उनीहरुले विशेषत पार्टीको एकताका लागि नै पहल गरिएको बताए ।
नेकपाको विधानअनुसार २५ प्रतिशत अर्थात् ११० जना सदस्यले हस्ताक्षर गरे केन्द्रीय समिति बैठक बोलाउनु पर्छ ।
असार १० गतेदेखि नेकपाको स्थाीय कमिटीको बैठक जारी रहेको छ । बैठककमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएको छ ।
शीर्ष नेताहरुले ओलीको राजीनामा मागेपछि स्थिति झन् गम्भी बनेको हो । अर्का अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीबीच छलफल भएपनि ठोस निष्कर्ष निस्केको छैन ।
वुधबार बिहान स्थायी समिति बैठक फेरि बस्दैछ ।















प्रतिक्रिया